फिल्म ‘रुह-अफ्जा’ मा राज कुमार राव र जान्हवी कपूरको जोडी

 चैत १५, २०७५ शुक्रबार १८:२४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फिल्म ‘धडक’ मार्फत डेब्यू गरेकी अभिनेत्री जान्हवी कपूरले अब अर्को फिल्म गर्ने भएकी छिन् । यस फिल्ममा जान्हवी कपूर, राजकुमार राव र वरुण शर्माको मुख्य भूमिका रहनेछ । हरर कमेडी फिल्मको नाम ‘रुह–अफ्जा’ राखिएको छ । 

यस फिल्मको घोषणा यसअघि नै गरिएको भए पनि अभिनेत्रीको भने टुंगो लागिसकेको थिएन । वर्ष २०१८ को सफल फिल्म ‘स्त्री’ पछि अभिनेता राजकुमार राव र निर्माता दिनेश विजान फेरी दोस्रो पटक एकसाथ काम गरिरहेका छन् । केही समयअघि मिडियासँगको कुराकानीमा अभिनेत्री जान्हवी कपूरले अभिनेता राजकुमार रावका साथ काम गर्ने इच्छा रहेको कुरा बताएकी थिइन् । अहिले उनको त्यो सपना पनि साकार हुने भएको छ । 

फिल्मको निर्देशन हार्दिक मेहताले गरिरहेका छन् । यस फिल्ममा अभिनेत्री जान्हवी कपूरले दोहोरो भूमिका निर्वाह गर्नेछिन् ।  फिल्ममा अभिनेत्री जान्हवी ‘रुही’ र ‘अफ्जा’ नामकी दई जना युवतीको भूमिका निर्वाह गर्नेछिन् । यो फिल्म सन् २०२० मार्च २० मा रिलिज हुनेछ । 
 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया