८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाख पहिलो हप्तादेखि

 चैत १५, २०७५ शुक्रबार १८:१२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा आउँदाे वैशाख ५ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको शुक्रबार बसेको बोर्ड बैठकले ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो । युवा तथा खेलकुद मन्त्री एवम् परिषदका अध्यक्ष जगत विश्वकर्माको अध्यक्षमा काठमाण्डाैमा बसेको परिषद बैठकले नेपालगंजमा आयोजना हुने त्यस खेलकुद प्रतियोगिताको आवश्यक व्यवस्था मिलाउन विभिन्न उपसमितिहरु पनि बनाएको छ ।

मौसम, पूर्वाधार, खेलाडीहरुको परीक्षालाई समेत ध्यानमा राखेर प्रतियोगिताको मिति तय गरिएको परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनु भयो । परिषद बैठकले प्रतियोगिता सम्पन्न भएको एक हप्तापछिबाटै दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीका लागि आवश्यक व्यवस्थापनको कामलाई पनि तीव्रता दिने निर्णय गरेको छ ।

बैठकमा बोल्दै परिषदका अध्यक्षसमेत रहनु भएका युवा तथा खेलकुद मन्त्री विश्वकर्माले  खेलकुद प्रतियोगिताको तयारीको कामलाई पारदर्शी ढंगले अघि बढाउन मातहतका निकायलाई निर्देशन पनि दिनु भयो । उहाँले सरकारले प्रतियोगिताका लागि उपलब्ध गराएको बजेट हिनामिना हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषदले यसअघि गएको मंसिर २१ गते त्यस प्रतियोगिता आयोजना गर्ने निर्णय गरे पनि कार्यान्वयन गर्न नसकेको थिएन । सदस्य सचिव विष्टले अव त्यस प्रतियोगिता नसर्ने गरी मिति तय गरिएको पनि बताउनुभयो । परिषदले  प्रतियोगिताको व्यवस्थापनको कामलाई चुस्त बनाउन पुनः बैठक बस्ने तयारी पनि गरेको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया