च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
इण्डियन प्रिमियर लिग (आईपीएल)मा सदराइजर्स हैदराबादले दोस्रो खेलमा पहिलो जित निकालेको छ ।
घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशाला हैदराबादमा भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ५ विकेटले हरायो । १ सय ९९ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । हैदराबादका लागि ओपनरहरु डेभिड वार्नर र जेनी बेरिस्टोले पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरेका थिए । वार्नरले ३७ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६९ रन बनाउँदा २८ बल खेलेका बेरिस्टोले ६ चौका र १ छक्काको साथमा ४५ रन बनाए ।
कप्तान केन विलियम्सले १४ रनमात्र बनाउन सके । चौथो नम्बरमा ब्याटिङमा आएका विजय शंकर १५ बलमा १ चौका र ३ छक्कासहित ३५ रन बनाएर आउट भए ।
युसुफ पठानले १६ र रशिद खानले १५ अविजित रन बनाएपछि हैदराबादले एक ओभरअघि नै खेल जितेको हो । रशिदले छक्का प्रहार गरी खेल जिताएका हुन् ।
बलिङतर्फ राजस्थानका श्रेयश गोपालले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले सन्जु साम्सनले शतकीय पारीको सहयोगमा १ सय ९९ रनको लक्ष्य पेश गरेको थियो । राजस्थानले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय ९८ रनको योगफल बनायो ।
राजस्थानका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका सन्जु साम्सनले ५५ बलमा १० चौका र ४ छक्काको सहयोगमा अविजित १ सय २ रनको शतकीय पारी खेले ।
यसअघि ओपनर कप्तान अजिन्क्या राहनेले पनि ४९ बलमा ७० रनको विस्फोटक पारी खेलेका थिए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । जस बटलरले ५ रन बनाएर आउट भए भने बेन स्टोक्सले अविजित १६ रन बनाए ।
हैदराबादका लागि रशिद खान र सइद नदीमले एक–एक विकेट लिए ।
राजस्थानका लागि भने यो लगातार दोस्रो हार हो । यसअघि राजस्थानले किंग्स ११ पञ्जाबसँग पराजय ब्यहोरेको थियो । हैदराबाद भने पहिलो खेलमा कोलकातासँग पराजित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।