मौसम धुम्मिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित

 चैत १६, २०७५ शनिबार ९:५६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – बिहानैदेखि मौसम धुम्मिएपछि काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ । 

अहिले विमानस्थलको भिजिबिलीटी १६ सय मिटर रहेकोले उडान तथा अवतरण प्रभावित भएको हो । बाह्य उडान तथा अवतरण प्रभावित भए पनि आन्तरिक उडान भने भैरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

२२ सय देखि २६ सय मिटरसम्म भिजिबीलीटी चाहिने विमान भने अहिले नउडेका हुन् । भिजिबिलिटी बढ्दै गएपछि उडान नियमित हुनेछ 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया