आईपीएल: आज दिल्लीकाे खेल काेलकातासँग, खेलअघि सन्दीपसँग दिल्लीकाे यस्ताे र्‍यापिड फायर

 चैत १६, २०७५ शनिबार १६:८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने आबद्ध रहेकाे टिम दिल्ली क्यपिटल्सले आज आफ्नो तेस्रो खेल खेल्दैछ ।

घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा दिल्लीले कोलकाता नाइट राइडर्ससँग राति ८ः१५ मा खेल्दैछ । सन्दीप समावेश नभएकाे सुरूवाती तीन खेलमा एक जित र एक हार ब्यहोरेको छ ।

कोलकाता भने दुवै खेलमा अपराजित रहेको छ । यस्तोमा कोलकाताले अपराजित यात्रालाई निरन्तरता दिने कोशिस गर्नेछ । दिल्ली भने दोस्रो जितको खोजीमा हुनेछ । खेलको पूर्वसन्ध्यामा नेपाली खेलाडी सन्दीप लामिछानेसँग दिल्ली टिमले गरेको र्‍यापिड फायरमा निकै रोमाञ्चक कुरा गरेका छन् ।

उनले फेरि पहिलेको जस्तै गल्लीमा बाल्यकालका साथीसँग क्रिकेट खेल्न पाए हुन्थ्यो भन्ने चाहना राखेका छन् । यसका साथै उनले सचिन तेन्दुलकरलाई बलिङ गर्ने चाहना रहेको पनि खुलासा गरेका छन ।

यस्तो छ उनको सो र्‍यापिड फायर प्रश्नाेत्तर :

दिल्ली ?
क्यापिटल्स

नेपाली समर्थक ?
१२ औं खेलाडी

नेपालमा क्रिकेट ?
प्राउड

तीन शब्द जसले सन्दीपको वर्णन गर्छ ?
मेहेनती, इमान्दार र सिम्पल

क्रिकेटर नभएको भए ?
म्यूजिक, गायक

करियरको उत्कृष्ट प्रर्दशन ?
डिभिजन टु, ५-२०, केन्याविरूद्दको खेल

ड्रेसिङ रुममा रमाईलो गर्ने खेलाडी रु
ड्वायन ब्राभो

मनपर्ने स्पिनर ?
पक्कै पनि शेन वार्न

बलिङ गर्न चाहेको ब्याट्सम्यान ?
सचिन तेन्दुलकर

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया