ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले न्यायपालिका र पत्रकारिता स्वतन्त्र नरहे लोकतन्त्र नै खतरामा पर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा शनिवार महासंघ केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथिका हैसियतले उहाँले पत्रकारिता क्षेत्रसँग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको भन्दै सत्यतथ्य सूचनाको अपेक्षा राखेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघ सदैव श्रमजीवी पत्रकार तथा प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै त्यसप्रति आफूहरु प्रतिबद्ध रहेको बताउनु भयो ।
महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले अध्ययनशील एंव सक्षम व्यक्तिहरुको आगमन भएको भन्दै बर्तमान पत्रकारितामा सम्भावनाका ढोकाहरु खुलेको बताउनुभयो ।
महासंघका पूर्व सभापति हरिहर विरहीले विगतको पत्रकारिता सरकारको जयजयकार गर्ने खालको भएतापनि आज पत्रकारिताले समग्र समाजको हितमा केन्द्रीत हुनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै महासंघका पूर्व उपाध्यक्ष राधा बुढाथोकीले विगतको पत्रकारिता आस्था र अनुशासनमा निष्ठा रहेको भन्दै आजका पत्रकारहरुले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै महासंघका पूर्व महासचिव चन्द्र भण्डारीले निष्ठाको पत्रकारिता गर्न आवश्यक रहेको भन्दै सबै पत्रकारहरुले एकपल्ट आत्मसमीक्षा गर्दै आजको पत्रकारितालाई जिम्मेजार तथा मर्याधित बनाउन आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघले आफ्नो ६४ औ स्थापना दिवसरका अवसरमा आफ्ना पूर्व पदाधिकारीहरु र महासंघका उत्कृष्ट शाखाहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुने पूर्वपदाधिकारीहरुमा राधा बुढाथोकी (उपसभापति), चित्राङ्ग थापा (उपसभापति), चन्द्र भण्डारी (महासचिव), कर्णदेव भट्ट (उपसभापति), इश्वरचन्द्र गौतम (उपसभापति), हेमन्त कर्माचार्य (उपसभापति), तेजबहादुर भण्डारी (उपसभापति), यज्ञ शर्मा (उपसभापति), गोपाल बढाथोकी (उपसभापति), उमिद बागचन्द (उपसभापति), सञ्जय सन्तोषी राई (उपसभापति), कृष्णप्रसाद बस्याल राकेश (उपसभापति), डीआर पन्त (उपसभापति), गंगाधर पराजुली (उपसभापति), पोषण केसी (महासचिव), यशोदा तिम्सिना –उपाध्यक्ष), ओम शर्मा (महासचिव), खिलबहादुर भण्डारी –उपाध्यक्ष), अनिता बिन्दु –उपाध्यक्ष) र उजिर मगर (महासचिव) हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।