अन्तिम अभ्यास खेलमा नेपाली यू-१९ क्रिकेट टिम आन्ध्र प्रदेशसँग १ विकेटले पराजित

 चैत १६, २०७५ शनिबार १९:१०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

आइसीसी यू–१९ विश्वकप छनोटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली यू-१९ क्रिकेट टिम अन्तिम अभ्यास खेलमा आन्ध्र स्टेट यू-१९ क्रिकेट टिमसँग एक विकेटले पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको नेपाली यू-१९ ले निर्धारित ५० ओभरमा ९ विकेटको गुमाउँदै २ सय ५१ रन बनायो । नेपालका लागि सन्दीप जोराले ६९ रनको योगदान गरे । उनले ६७ बलमा ३ छक्का र ४ चौका प्रहार गरे ।

त्यस्तै राशिद खानले ४४,  हरि बहादुर चौहान ३५, शेर मल्ल १७, अभिषेक बस्नते ३५ र रित गौतमले २२ रनको योगदान गरे ।

जवाफमा आन्द्रको युवा टिमले नौ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । कमजोर सुरुवात गरेपनि उसका मध्यक्रमका खेलाडीले उत्कृष्ट ब्याटिङ गर्न सफल भए । खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको आन्ध्रले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेको थियो ।

उसको जितमा नितीस कुमारले ७४ रन बनाए भने सुब्रमनियमले २९ र राम प्रसादले २७ रनको योगदान गरे । यस्तै दरानीकुमार र जोनी बासाले समान ३२–३२ रन जोडे । बलिङमा नेपालका पवन सराफले तीन तथा प्रतिस जीसीले दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया