ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ - कानून व्यवसायीहरुको छाता सगठन नेपाल बार एशोसियसनको नयाँ कार्यसमितिका लागि झण्डै ८१ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
१० हजार ३ सय १३ मतदातामध्ये ८ हजार ३ सय २९ जनाले मत खसालेको निर्वाचन समितिका सदस्य शिव रिजालले जानकारी दिनुभयो । काठमाण्डौबाहिर ३४ ठाउँमा मतदान भएकोले सबै मतपेटिका काठमाण्डौ ल्याएपछि मात्रै गणना शुरु गरिने उहाँले बताउनुभयो ।
अहिलेसम्म विराटनगर, धनगढी, नेपालगन्ज, भैरहवा, चितवन बुटवल लगायत ठाउँको मतपेटिका संकलन भइसकेको र भोलिसम्ममा बाँकी सबै मतपेटिका काठमाडौं ल्याई पर्सीदेखि मत गणन सुरु गर्ने तयारी छ ।
बारको २५ सदस्यीय कार्यसमितिको लागि देशभरका ३५ मतदान केन्द्रमा मतदान भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।