आईपीएल: सन्दीप लामिछानेले लिए दिल्लीका लागि काेलकाताकाे पहिलो विकेट

 चैत १६, २०७५ शनिबार २०:४७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग अन्तर्गत कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् ।

आफ्नो स्पेलको दोस्रो ओभरमा सन्दीपले निशिल शंकर नाइकको विकेट लिए । उनले १६ बल खेलेर ७ रन बनाएका थिए । दोस्रो ओभरमा पहिलो स्पेल लिएका सन्दीपले एक रनमात्र दिए । चौथो ओभरमा सन्दीपले आफ्नो दोस्रो ओभर गरेका थिए । 

पहिलो बलमा एक रन दिएका सन्दीप लामिछानेले दोस्रो र तेस्रो बलमा रन दिएनन् । चौथो बलमा भने नाइकलाई उनले एलबीडब्यूको धरापमा पारे ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया