आईपीएल : कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा यस्तो रह्यो सन्दीपको बलिङ

 चैत १६, २०७५ शनिबार २१:५९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली युवा बलर सन्दीप लामिछानेले आईपीएलको १२औँ संस्करणको पहिलो खेलमा एक विकेट लिन सफल भएका छन् । अघिल्लो संस्करणमा तीन खेलमा पाँच विकेट लिएका सन्दीपले तेस्रो खेलमा नै मौका पाए । 

कोलकाता नाइट राइडर्ससँगको तेस्रो खेलमा चार ओभरको स्पेल पूरा गर्दा सन्दीपले एक विकेट पनि लिए । दोस्रो ओभरमा आफ्नो स्पेलको पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो पाँच बलमा रन दिएनन् । अन्तिम बलमा एक रन दिए । 

त्यसपछि दोस्रो ओभरमा उनले निखिल शंकर नाइकको विकेट लिए । पहिलो बलमा एक रन दिएका सन्दीप लामिछानेले दोस्रो र तेस्रो बलमा रन दिएनन् । चौथो बलमा भने नाइकलाई उनले एलबीडब्यूको धरापमा पारे । 

१०औं ओभरमा उनले आफ्नो तेस्रो स्पेल गरेका थिए । त्यो ओभरको पहिलो बलमा नै शुभमन गिलले दुई रन बनाए । तर तेस्रो रन लिँदा गिल आउट भए । 

चौथो ओभरमा भने सन्दीप महंगो पर्न पुगे । पहिलो दुई बल डट फालेका सन्दीपले तेस्रो बलमा दिनेश कार्तिकले चौका प्रहार गरे । चौथो बलमा कार्तिकले एक रन दिए । त्यसपछि स्ट्राइकमा आएका आन्द्रे रसेलले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गरे । अन्तिम ओभरमा सन्दीपले १७ रन खर्चिए । 

सन्दीपले चार ओभरमा कुल २९ रन दिएर एक विकेट लिए भने एक खेलाडीलाई रनआउट गरे ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Sushil jethara

    March 31, 2019, 6 p.m.

    Congratulations and good luck for next match Sandeep lamichhane dai u r the only proud for ipl from our country ever ..... I'm a big fan of yours also

  •  0 Reply

तपाईको प्रतिक्रिया