ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
उदयपुर – कटारी नगरपालिका–११ मा माटोको ढिस्कोले पुरिएर एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।
सोलु करिडोरको ३२ केभीए प्रसारण लाइनका लागि हाइस्टेशनमा फलामको पोल गाड्न खाल्डो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर कम्पनीका कामदार स्थानीय २८ वर्षीय लीलाबहादुर विकको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
घटनामा स्थानीय ३० वर्षीय तेजबहादुर विक गम्भीर र कटारी नगरपालिका १० का सूर्यप्रसाद खनाल सामान्य घाइते हुनुभएको छ । दुवै जनालाई कटारी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि विराटनगर रिफर गरिएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।