ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
बाँके – बाँकेको खजुरा गाउँपालिका तीनवटा सामुदायिक विद्यालयले विद्यालयले विद्यार्थी बोक्नका लागि गाडी खरिद गरेका छन् । यसैगरी बैजनाथ गाउँपालिकाले एउटा विद्यालयले यस वर्ष गाडी खरिद गरेको छ ।
चारवटै विद्यालयमा अंग्रेजी माध्यममा पढाई सञ्चालनसँगै गाडी खरिद गरिएको हो । बाँकेको खजुरा गाउँपालिकाको आदर्श मावि डीगाउँ, ज्ञानोदय नमूना मावि खजुरा र जनता नमूना मावि सन्तकुटीले अंग्रेजी माध्यम सुरु गरेपछि विद्यार्थीको सङ्ख्या बर्सेनि बढिरहेको छ । सबैभन्दा पहिले आदर्श माविले गाडी खरिद गरेको छ ।
बाँकेको बैजनाथ गाउँपालिकाको जीगाउँमा रहेको प्रभात माध्यामिक विद्यालयले गएको वर्षदेखि अंग्रेजी माध्यममा पढाई सुरु गरेपछि यसवर्ष गाडी खरिद गरेको हो ।
दुई वर्षअघि पूर्व सिँचाई राज्यमन्त्री दलबहादुर सुनार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि विद्यालयले शैक्षिक र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो प्रगति गरेको अभिभावकहरुले बताएका छन् ।
आवश्यक भवन, खेल मैदान भएको विद्यालयमा पछिल्लो समय फुलको बगैँचा समेत निर्माण गरिएको छ ।
शिक्षकहरुलाई बिहान १० बजे विद्यालयमा उपस्थित नभएमा विद्यालय प्रवेश गर्न नदिने र ४ बजे भन्दा अगावै विद्यालय छोडेमा त्यसदिनको हाजिरमा गयल गर्ने गरिएको छ । विद्यालयमा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालय लगायतको सुविधा रहेको छ । बस खरिदका लागि अभिभावकबाट ४३ लाख रुपैयाँ संकलन भएको अध्यक्ष सुनारले बताउनुभयो ।
क्याम्पस सञ्चालनको तयारी गरेको प्रभाति माविले बाली विज्ञानमा कृषि विषयको पढाई सञ्चालनको समेत तयारी गरेको छ ।
आदर्श माविका प्रधानाध्यापक राजेन्द्र सापकोटाले संस्थागत विद्यालय छोडेर विद्यार्थीहरु आदर्श माविमा भर्ना भएको जानकारी दिनुभयो । आदर्श माविले नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यम सुरु गरेको छ । आदर्शले संस्थागत विद्यालय जस्तै पिङ, झुलालगायतका खेल सामाग्री विद्यालयमा राखेको छ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।