ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
पाल्पा – पत्रकार कुटपिटको आरोपमा पक्राउ परेका व्यवसायीलाई छाड्न माग गर्दे शनिबारदेखि पाल्पा उद्योग वाणिज्य संघले आब्हान गरेको पाल्पा बन्दले जनजीवन कष्टकर भएको छ । बन्दका कारण तानसेन बजार क्षेत्रका पसलहरु खुलेका छैनन् । तानसेनबाट छुट्ने र बाहिरबाट तानसेन भित्रिने गाडी समेत नचलेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजय बौडेलमाथि कुटपिट गरेको आरोपमा बावुराम विष्ट, शैलेन्द्र भट्टराई र लक्ष्मण रेग्मीलाई शुक्रबार नै पक्राउ गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बिष्ट फेन्सी पसल, भट्राई पाल्पा उद्योग बाणिज्य संघका उपाध्यक्ष र रेग्मी मदिरा पसल सञ्चालक हुन् ।
तानसेन नगरपालिकाले गएको फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णयको विरुद्ध घरधनीहरुले नगरपालिका कार्यालयमा धर्ना दिने क्रममा पत्रकारमाथि कुटपिट भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।