इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटी र चेल्सी, लिभरपुल र टोटनह्यामको खेल आज

 चैत १७, २०७५ आइतबार ९:५६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार २ वटा खेल हुँदैछन् । नेपाली समय अनुसार साँझ ६ः५० बजे कार्डिफ सिटी र चेल्सी आमने सामने हुँदा राति पौने १० बजे लिभरपुल र टोटनह्याम खेल्ने छन् ।

कार्डिफ रेलिगेशन जोनमा छ भने चेल्सी छैटौं स्थानमा रहेको छ । आइतबारको प्रिमियर लिगमा उपधि होडमा प्रभाव पार्ने खेल भनेको लिभरपुल र टोटनह्यामको खेल हो । खेल खेल बढी खेलेको म्यानचेस्टर सिटी ७७ अंकसहित शीर्ष स्थानमा हुँदा ७६अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको छ ।

आइतबारको खेलमा लिभरपुल विजयी भए शीर्ष स्थानमा एक अंकको अग्रता बनाउन सफल हुने छ ।

टोटनह्याम भने ६१ अंकसहित तेस्रो स्थानमा रहेकाले विजयी भए चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँग ३ अंकको दूरी बनाउने छ ।एनफिल्डमा लिभरपुल घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्न सफल भए पहिलो प्रिमियर लिगको उपाधि जित्ने होडमा कायमै हुने छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया