समृद्धिको आधार र संरचना तयार भएको छ : प्रधानमन्त्री ओली

 चैत १७, २०७५ आइतबार ११:२७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबैखालका आधार र संरचना तयार भएको बताउनुभएको छ ।

काठमाण्डौमा आइतबार रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको बताउनुभयो । ‘समायोजन सहज थिएन, तर सकेका छौँ, कानुन बनाएका छौँ, संविधान कार्यान्वयन गर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौँ,” उहाँले भन्नुभयो, ‘समृद्ध नेपाल : सुखी नेपालीको सबै आधार तयार भएको छ ।’

समृद्ध नेपाल आफैँ बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको प्रधानमन्त्रीले बताउनुभयो । ‘त्यसका लागि लगानी सम्मेलन उत्साह जनक ढंगले सम्पन्न ग¥यौँ, राष्ट्र एक ठाउँमा रह्यो’ उहाँले भन्नुभयो । 

प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भए पनि त्यस्ता प्रयास असफल बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने, अनेक नाममा लडाउन खोज्ने पृथकता सोचहरुलाई अन्त्य गरेका छौँ, अब देश टुक्र्याउनु पर्छ भन्ने माग नरहेको अवस्थामा छ । एकजुट अवस्थामा छ ।’

प्रधानमन्त्री ओलीले सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी सभ्य र सुसंस्कृत समाजका नागरिक हौँ भन्ने भुल्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले आफ्नो समाज, इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु हुँदैन ।’

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया