ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – सन् २०१९ मा त्रिभुवन विमानस्थलबाट झण्डै ७२ लाख यात्रुले यात्रा गरेका छन् ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार पछिल्लो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडानका यात्रु गरेर यात्रुको संख्या ७१ लाख ९० हजार ९ सय १९ रहेको छ । यसमध्ये बाह्य उडानमार्फत ३५ लाख ५० हजार यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेका छन् भने आन्तरिकतर्फ ३५ लाख ४४ हजार यात्रु रहेका छन् ।
यस्तै गएको वर्ष त्रिभुवन विमानस्थलबाट १ लाख २९ हजार ५ सय १२ आन्तरिक तथा बाह्य उडान भएका छन् । जसमध्ये ३३ हजार ९ सय ३२ अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएको छ भने आन्तरिकतर्फ ९५ हजार ५ सय ८० उडान तथा अवतरण भएका छन् ।
यस्तै सन् २०१९ मा त्रिभुवन विमानस्थलबाट २४ हजार २ सय ४२ टन सामग्री आयात तथा निर्यात भएको नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।