संसदीय सुनुवाई समितिको बैठक दुई दिनका लागि स्थगित

 चैत १७, २०७५ आइतबार १५:५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसले असन्तुष्टि जनाएपछि संसदीय सुनुवाई समितिको बैठक दुईदिनका लागि स्थगित भएको छ । 

निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको सुनुवाई प्रक्रिया शुरु गर्ने बारेमा छलफल गर्न आइतबारका लागि बोलाइएको थियो । संवैधानिक परिषदकाे गएको सोमबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा बहालवाला सचिव थपलियालाई नियुक्त गर्न सिफारिस गरेको हो । 

प्रमुख प्रतिपक्षी दलको उपस्थितिविना नै संवैधानिक परिषद्ले महत्वपूर्ण निर्णय गरेको भन्दै कांग्रेसका सांसदहरु असन्तुष्ट बनेका छन् । अर्को बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया