पत्रकारलाई प्रधानमन्त्रीको प्रश्न : सञ्चारमाध्यमले रचनात्मक भूमिका निभाउनु पर्दैन ?

 चैत १७, २०७५ आइतबार १५:३६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

विराटनगर - देश दौडाहामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको छ । 

पत्रकारहरुले विप्लव कार्यकर्तालाई अदालतले किन छाडेको भनी सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले आफ्नो भूमिका भुलेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अदालतको आफ्नै प्रक्रिया हुन्छ, कुनै ठाउँमा केही प्रमाण, आधार र कारण नपुगेर छाडिनु स्वभाविक हो ।’

उहाँले पत्रकारले देशलाई सँधै द्वन्द्वमा फसाएर राख्न खोजेको बताउनुभयो । 

‘तपाइँ सञ्चारमाध्यमको यही भूमिका हो ? अदालत र सरकारको बीचमा द्वन्द्व निम्त्याउन खोज्ने ? प्रदेश सरकार र केन्द्र सरकारको बीचमा फुट ल्याउन खोज्ने ? तपाईंहरुले रचनात्मक भूमिका खेल्नु पर्दैन ? पत्रकारलाई के कुराले धित नमरेको हो, त्यो मैले बुझ्न सकेको छैन ।’ प्रधानमन्त्रीले भन्नुभयो । 

अदालत र सरकारले आआफ्नो ढंगले काम गर्ने भएकोले अदालतले कुनै प्रमाण नपुग्दा छाड्नु कानुनी प्रक्रिया भित्रको कुरा भएको ओलीले स्पष्ट पार्नुभयो । उहाँले लगानी सम्मेलन पूर्णरुपमा सफल भएको पनि बताउनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया