ओलम्पिक छनोटको दोस्रो चरणका लागि नेपाली महिला फुटबल टाेली म्यानमार प्रस्थान

 चैत १७, २०७५ आइतबार १६:५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली महिला फुटबल टिम ओलम्पिक छनोटको दोस्रो चरणका लागि म्यानमार प्रस्थान गरेकाे छ ।

प्रतियोगितामा सहभागिता जनाउने नेपाली टिमलाई आइतबार अखिल नेपाल फुटबल संघले बिदाई गरेको छ ।
साफ च्याम्पियनसिप खेलेको टिम नै ओलम्पिक छनोटमा जान लागेको हो । मात्र चार दिनको तयारीका साथ म्यानमार जान लागेको नेपाली महिला टिमको लक्ष्य अर्को चरणमा पुग्ने भए पनि निकै कठिन देखिएको छ ।

म्यानमार, भारत र इन्डोनेसियाजस्ता टिमसँग खेल्नुपर्ने नेपालले साफको तयारीलाई नै मध्यनजर गरेर यो प्रतियोगिताका लागि तयारी गरेको थिएन ।

नेपालले यो प्रतियोगिता आफ्ना लागि राम्रो अनुभवको माध्यमका रुपमा लिएको छ । नेपाली टिमका प्रशिक्षक हरि खड्काले पनि टिममा अझै केही कमजोरी भए सुधार गर्ने मौका र अनुभव बटुल्ने अवसरका रुपमा यो प्रतियोगितालाई लिएको बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया