ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – प्रदेश २ को मन्त्रिपरिषद् बैठकले हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई ३ लाखका दरले राहत दिने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरषदको आकिस्मक बैठकले ज्यान गुमाउनेका परिवारलाई राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । घाइतेको उद्धार उपचारलगायतका काममा कर्मचारी खटाउने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ५ सदस्यीय उद्दार तथा राहत व्यवस्थापन समितिको गठन भएको छ । घर भत्केकाको पुनर्वास गर्ने र प्रभावितलाई राहत तथा उद्दार गरी सहयोग गर्न सम्पूर्ण सघसंस्थालाई बैठकले आग्रह पनि गरेको छ ।
यस्तै गृह मन्त्रालयले काठमाण्डौबाट त्रिपाल, लत्ताकपडा र औषधी सहितको टोली बारा पठाएको छ । आज बिहानै त्रिपाल लत्ताकपडा र खानेकुरा सहितका तीनवटा ट्रक र नेपाल प्रहरीका ९ जना स्वास्थ्यकर्मीको टोली काठमाण्डौबाट पठाइएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका उपसचिव वेद खनालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।