ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
पर्सा – बारा भरवलियाका श्रीराम साह आइतबार साँझ आफ्नै घरमा हुनुहुन्थ्यो । ७ बजेतिर एक्कासी हावाहुरी चल्यो । ‘केही सोच्न नभ्याउँदै हावाहुरीले घरको छानो भत्कायो, बल्लतल्ल भागेर ज्यान बचाएँ’ सोमबार बिहान भत्केको घर हेरिरहेका श्रीरामले भन्नुभयो ।
उहाँलाई सामान्य चोटपटक लागेको छ । त्यही गाउँका सिकन्दर खानको भने नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भैरहेको छ । उहाँको दाहिने खुट्टामा चोट लागेको छ । ‘एक्कासि ठूलो हावा चल्यो, घरको छाना उडायो, बल्लतल्ल केटाकेटीलाई जोगाएँ, मलाई चाहिँ चोट लागेको छ’ अस्पतालमा भेटिएका खानले भन्नुभयो ।
घाइतेहरुका अनुसार बेलुकी झण्डै ७ बजे एक्कासि भुमरी चलेजसरी हावाहुरी चलेको हो । झण्डै १० मिनेट चलेको हावाहुरीले केही घर भत्किएका छन् । सडकमा बिजुलीको पोल र रुख ढलेका छन् । बारामा मात्रै २७ जनाको ज्यान गएको छ । चारसय भन्दा धेरै घाइते भएका छन् ।
बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलीया, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दिया, पचरौता नगरपालिकाका विभिन्न ठाउँ, महागढीमाई नगरपालिकाको तेलकुवा लगायत ठाउँमा हावाहुरीले बढी क्षति पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।