ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ - विवेकशील साझा पार्टीले भिषण हावाहुरीले प्रभावित बारा पर्सा जिल्लामा घाइतेको उपचारका लागि रगत अभाव रहेको भन्दै तत्काल रक्तदान गर्न सबैलाई आह्वान गरेको छ ।
सोमबार विज्ञप्ति निकालेर साझा पार्टीले प्रभावित जिल्लामा राहत र उद्दारका लागि आफ्नो पार्टीका कार्यकर्ताहरु पठाईसकिएको भन्दै ती जिल्लामा रक्तदान गरेर घाइतेको उपचारमा सहयोग गर्न सबैमा आह्वान गरेको हो ।
आइतबार राति आएको भिषण हावाहुरीले बारा र पर्सामा २८ जनाको मृत्यु हुनुका साथै ४ सय भन्दा बढी घाइते भएको तथ्यांक छ ।
एकसाथ ४ सयभन्दा बढी गम्भिर घाइते हुँदा उपचारका लागि आवश्यक रगतको अभाव देखिएको छ ।
रगत अभावका कारण घाइतेको अवस्था झनै जटिल बन्न थालेपछि आइतबार राति नै त्यहाँ खटिएका सुरक्षाकर्मीले रक्तदान गरेर उपचारमा सहयोग गरेहका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।