हावाहुरीले बाराका पाँचवटा स्थानीय तह बढी प्रभावित

 चैत १८, २०७५ सोमबार ८:५७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – आइतबार बेलुकीको हावाहुरीले बाराका पाँचवटा स्थानीय तहमा बढी जनधनको क्षति पुगेको छ । 

फेटा गाउँपालिकाको पुरैनिया र भरवलीया, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दिया, पचरौता नगरपालिकाका विभिन्न ठाउँ, महागढीमाई नगरपालिकाको तेलकुवालगायत ठाउँमा हावाहुरीले घर भत्किएको प्रहरीले जनाएको छ ।

बारामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । चारसय भन्दा धेरै घाइते छन् । उद्दारको काम चलिरहेको छ । घटनालगत्तै र आज बिहानैदेखि उद्दारका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिएका छन् । 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया