ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । अहिले २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग मर्मतका लागि आजदेखि तीन महीनासम्म दैनिक १० घण्टा बन्द गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ ।
मर्मत अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म खुला हुने तर नियमित उडानमा कुनै कटौती नहुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । त्यसका लागि उडान तालिका पहिला नै मिलाई सकेको उहाँले बताउनुभयो । पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्रे फेरिने छ ।
धावनमार्ग स्तरोन्नतिको काम तीन अर्ब ७५ करोडको लागतमा चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पाेरेसन ले गर्न लागेको हो । अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग हरेक १० बर्षमा सतरोन्नती गर्नुपर्ने अन्तराष्ट्रिय मापदण्ड भएपनि त्रिभुवन विमानस्थल निर्माण भएदेखि कालोपत्रे फेरिएको थिएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।