बारा, पर्सामा हावाहुरीको वितण्डा (तस्बिरमा)

 चैत १८, २०७५ सोमबार ९:३७:३३ | उज्यालो सहकर्मी

काठमाण्डाै - आइतबार बेलुका आएको हावाहुरीका कारण बारामा २७ जना र पर्सामा एकजनाको ज्यान गएको छ । सयौँ घाइते भएका छन् ।

बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलीया, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दिया, पचरौता नगरपालिकाका विभिन्न ठाउँ, महागढीमाई नगरपालिकाको तेलकुवा लगायत ठाउँमा हावाहुरीले घर भत्काउँदा २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

हावाहुरीले कच्ची घर भत्काउँदा, पर्खाल र बिजुलीका पोल ढलाउँदा धनजनको क्षति भएको हो । घटनालगत्तै र आज बिहानैदेखि उद्धारका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिएका छन् । 

घाइतेको बारा र पर्साका अस्पतालमा उपचार भइरहेको छ । 

प्रदेश २ को मन्त्रीपरिषदले ज्यान गुमाएकका परिवारलाई ३ लाखका दरले राहत दिने निणय गरेको छ ।

बिहान बसेको मन्त्रीपरषदको आकिस्मक बैठकले ज्यान गुमाएकाका परिवारलाई राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया