हावाहुरी पीडितलाई चाउचाउ र बिस्कुट, प्रभावितहरु खुला आकाशमुनि

 चैत १८, २०७५ सोमबार १०:२५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - हावाहुरीबाट प्रभावित बारामा उद्दार र राहतको काम चलिरहेको छ । २८ जनाको मृत्यु हुनुका साथै ४ सयभन्दा बढी घाइते हुने गरी हिजो साँझ आएको भीषण हावाहुरीबाट जनजीवन अस्तव्यस्त बनेको छ । 

हावाहुरीबाट माटो तथा फुसबाट बनेका धेरैजसो घर भत्किएका छन् । भत्केका भग्नावशेष हटाउँदै उद्दार तथा राहतमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएका छन् । 

हिजो साँझ खाना खाने समयमा हावाहुरी आएका कारण धेरै पीडित भोकै रहेकाले अहिले नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय तहका प्रतिनिधिका साथै विभिन्न संघसस्थाहरुले चाउचाउ, विस्कुट जस्ता खाद्यसामाग्री वितरण गरिरहेका छन् । 

तर खाद्य सामाग्री पर्याप्त हुन नसकेको प्रभावितहरुले बताएका छन् । प्रभावित क्षेत्रमा खानेपानीको अभाव समेत देखिएको बाराका स्थानीय लोकेश सिंहले बताउनुभयो । 

यस्तै प्रभावितहरुलाई पुनः स्थापनाका लागि पनि आवश्यक राहत सामाग्री उपलब्ध हुन सकेको छैन । घर भत्केकाले अधिकांस प्रभावितहरु खुला आकासमुनि नै रहेका छन् । 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया