हावाहुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्रीसहित ४ मन्त्री जाँदै

 चैत १८, २०७५ सोमबार ११:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भीषण हावाहुरीका कारण प्रभावित बारा, पर्सामा स्थलगत निरीक्षणका लागि प्रधानमन्त्रीसहित संघीय सरकारका ४ जना मन्त्रीहरु जानुहुने भएको छ ।  

घाइते तथा मृतकका परिवारलाई भेट्न तथा त्यहाँको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री इस्तियाक राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ जान लाग्नुभएको हो ।  

काठमाण्डौबाट मन्त्रीहरुसहित जाने नेपाली सेनाको स्काई ट्रक प्रधानमन्त्री ओलीलाई लिन उहाँको गृहनगर झापा पुग्ने र त्याहाँबाट बारामा जाने कार्यक्रम छ । 

सिमरामा रहेको स्काई ट्रकले ६ जना घाईतेको थप उपचारका लागि काठमाण्डौ ल्याएको र त्यही स्काई ट्रकमा मन्त्रीहरु जान लाग्नुभएको हो । 

घाइते ६ जनाको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया