ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
मोरङ – आइतबार राति विराटनगर आएका ७ वटा जहाजहरु साेमबार बिहान आफ्नै रुटमा फर्किएका छन् । काठमाण्डौमा मौसमको खराबीले गर्दा ल्याण्ड हुन नसकेका जहाजहरु विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइएका थिए ।
विराटनगरबाट काठमाण्डौका लागि उडेको जहाज काठमाण्डौमा अवतरण गर्न नसकेपछि विराटनगर नै फर्काइएको थियो । बुद्ध एयरको उडान नम्बर ७०६, ७०८ काठमाण्डौमा अवतरण गर्न नसकेर फेरि विराटनगर नै फर्किएका थिए भने उडान नम्बर ७१२ को उड्नै लागेको जहाजलाई रोकिएको थियो ।
त्यस्तै जनकपुरबाट काठमाण्डौ गएको जहाज पनि साँझ नै काठमाण्डौबाट विराटनगर फर्काइएको थियो । काठमाण्डौ पुगेको भद्रपुरको जहाजलाई फेरि भद्रपुर फर्काइएको थियो । नागरिक उड्ययन प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाका अनुसार, बुद्ध एयरलायन्सको ४ वटा, यति एयरलायन्सको २ वटा र श्री एयरलायन्सको एउटा जहाज विराटनगर विमानस्थलमा राति अवतरण गरिएको थियो र ती जहाज साेमबार बिहान ९ बजे आफ्नो रुटमा गएका हुन् ।
आइतबार साँझ अबेरसम्म विराटनगर विमानस्थलका विभिन्न आन्तरिक उडानहरु आकस्मिक रुपमा अवतरण गरिएको थियो । विराटनगर विमानस्थलमा अवतरण भएका जहाजको लागि पार्किङ व्यवस्थापन हुन नसक्दा एउटा जहाज भद्रपुर पठाइएको थियो ।
जनकपुरबाट डाइभर्ट भएर आएको विमानका यात्रुलाई विराटनगका होटल एसियाटिक, स्टर्नस्टार र होटल स्वागतममा राखिएको बुद्ध एयरका स्टेशन म्यानेजर कौशल भण्डारीले जानकारी दिनुभयो ।
आइतबारको समस्याका कारण साेमबार विराटनगर विमानस्थलमा जहाजको चाप बढेको छ । बुद्ध एयरले १० वटा उडान भर्नेछ भने यतिले ५ वटा र श्री एयरको २ वटा उडान हुने नागरिक उड्ययन प्राधिकरण विराटनगरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।