ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
ताप्लेजुङ – सिरिजंघा गाउँपालिका ३ सिकैचामा लुगा लगाएको मानव कङ्काल फेला परेको छ । सिकैचाको जङ्गलमा पुरुषको जस्तो देखिने कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले बताउनुभयो ।
स्थानीय मानिसहरु हलो बनाउने काठ काट्नका लागि जङ्गल गएको बेला कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यो मानव कङ्काल कसको हो भन्ने नखुले पनि कपाल फुलेको, कालो ज्याकेट लगाएको र जुत्ता लगाएको देखिने प्रहरीले बताएको छ ।
उक्त कङ्काल २ दिनदेखि इलाका स्वास्थ्य केन्द्र तेल्लोकमा राखिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।