आगलागीमा परेर तीनजना गम्भीर घाइते

 चैत १८, २०७५ सोमबार १२:१६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – हरीपुरमा आगलागीमा परेर तीनजना गम्भीर घाइते भएका छन् ।

हरीपुर–९ का स्थानीय चन्देश्वर शाहको घरमा आगो लागेर ग्यास विस्फोट हुँदा हरीपुर १ का ३५ वर्षका विश्वनाथ शाह, २० वर्षका मञ्जुल शेख र कविलाशी १ का २५ वर्षका भरत पण्डित घाइते भएका हुन् ।

घरमा आगो सल्किएपछि फोटो खिच्न पुगेका उनीहरु ग्यास विस्फोट हुँदा घाइते भएका हुन् । घाइतेलाई थप उपचारका लागि भारत पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आगलागीबाट स्थानीय चन्देश्वर शाह, रामपरी देवि र उपेन्द्र राउतको घरसहित साना किसान कृषि सहकारी संस्थाको भवनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया