हावाहुरीले झण्डै दुई हजार बिजुलीको पोलमा क्षति, चपुर सबस्टेशनबाट चार्ज गरी विद्युत आपूर्तिको व्यवस्था

 चैत १८, २०७५ सोमबार १४:५५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हावाहुरीका कारण परावनीपुर–वीरगंज ६६ केभी डवल सर्किट लाइनमा क्षति पुगेपछि वीरगंज क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विज्ञप्ति जारी गरी विद्युत् आपूर्ति बन्द भएको जानकारी गराएको हो । वीरगंज कलैया ३३ केभी लाइन पनि क्षति भएको छ । भारतबाट आयात हुने १ सय ३२ केभी रक्सौल परवानीपुर प्रसारण लाइन तथा ३३ केभी रक्सौल–वीरगंज प्रसारण लाइन क्षति भएपछि विद्युत् आयात बन्द छ ।

कलैया वितरण केन्द्र अन्तर्गतको एक हजारदेखि एक हजार ५ सय विद्युत् पोल लडेका छन् । तारहरु चुँडिएका छन् । कलैयाको सब स्टेशनमा चन्द्रनिगाहपुर सवस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाएको प्राधिकरणले जनाएको छ । 

त्यस्तै प्रारम्भिक विवरण अनुसार दुई हजार पोल र केहि ट्रान्सफर्मरमा क्षति भई झण्डै १० देखि १५ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ । तर अहिलेसम्मको विवरणमा करेन्ट प्रवाह भएर मानवीय क्षति नभएको पनि प्राधिकरणले जनाएको छ । अवरुद्ध क्षेत्रमा छिट्टै विद्युत् सुरु गर्नेगरी काम भैरहेको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कहाँ कस्तो अवस्था छ ? विद्युत प्राधिकरणको विज्ञप्ति

१. परावनीपुर-वीरगंज 66 के.भी. डवल सर्किट लाइनमा क्षति पुगी विद्युत आपूर्ति बन्द अवस्थामा छ।

२. वीरगंज-कलैया ३३ के.भी. लाइन क्षतिग्रस्त भएको अवस्था छ ।

३. भारतबाट विद्युत आयत हुने १३२ के.भी. रक्सौल-परवानीपुर प्रसारण लाइन तथा ३३ के.भी. रक्सौल-वीरगंज प्रसारण लाइन क्षतिग्रस्त भर्इ उक्त लाइनहरुबाट विद्युत आयत बन्द अवस्थामा छ।

४. कलैया वितरण केन्द्र अन्तर्गतको विद्युत प्रणालीमा मात्र करिब १००० देखि १५०० विद्युत पोलहरु लडेको छन् र विद्युत तारहरु विभिन्‍न स्थानमा चुँडिएका छन् ।

५. कलैया स्थित प्राधिकरणको सबस्टेशन हिजो नै चन्द्रनिगाहपुर सबस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा विद्युत आपूर्तिको व्यवस्था मिलाइएको छ ।

६. विद्युत प्रणालीमा पुगेको हानी नोक्सानीको पूर्ण विवरण आइनसकेता पनि प्रारम्भिक अनुसार करिब २००० पोल र कैयौं ट्रान्सफर्मरमा क्षति भर्इ करिब १०-१५ करोड रुपैंया बराबरको नोक्सानी भएको जानकारी प्राप्‍त भएको छ ।

७. हालसम्म प्राप्‍त जानकारी अनुसार विद्युत प्रणालीमा क्षति भई वीरगंज क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुन पुगे तापनि करेन्ट लागेर मानवीय क्षति भएको पाइएको छैन।

८. दैवीप्रकोपबाट ठूलो धनजनको क्षति हुन पुगेको र विद्युत सेवा अवरुद्ध भई ग्राहकहरुलाई असुविधा पुग्न गएकोमा नेपाल विद्युत प्राधिकरण गहिरो दुःख व्यक्त गर्दै चाँडो भन्दा चाँडो विद्युत प्रणालीको मर्मत संभार गरी विद्युत आपूर्ति सुरु गर्न प्राधिकरणले आफ्नो सम्पूर्ण साधनश्रोत परिचालन गरिसकेको हुँदा हाम्रो प्रयासप्रति विश्‍वस्त रहन सम्बन्धित ग्राहक महानुभावहरु समक्ष हार्दिक अनुरोध गर्दछ ।

९. देशभर अन्य स्थानहरुमा विद्युत सेवा सुरु रहेको व्यहोरा अनुरोध गर्दै स्थानीय रुपमा प्राविधिक कुनै समस्या आई कहीँकतै विद्युत अवरुद्ध हुनपुगेको भएमा समस्या समाधान गरी तत्काल विद्युत सेवा सुरु गरिने व्यहोरा समेत आवश्यक जानकारीका लागि अनुरोध गरिन्छ ।

 

 

 

 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया