ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
हेटौंडा - प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोली हावाहुरीबाट प्रभावित क्षेत्र प्रदेश –२ को बारा पुगेको छ । छिमेकी प्रदेशमा पीडा पर्दा मल्हम लगाउन मुख्यमन्त्री पौडेलसहित दुई मन्त्री बारा पुगेका हुन् । उनीसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल पनि घटनास्थलमा पुगेका छन् ।
घटनास्थलमा पुगेका मुख्यमन्त्री पौडेलले पीडामा परेकाहरुको उपचार र मृतक परिवारलाई सहयोग गर्न कसर बाँकी नराखिने बताउनुभयो । हावाहुरीका कारण सबभन्दा बढी क्षति पुगेको बाराको फेटा गाउँपालिका–१, पुरनियामा मुख्यमन्त्री पौडेलसहितको टोली पुगेको हो । हावाहुरीका कारण पुरैनियामा ९ जनाको मृत्यु भएको छ ।
प्रदेश –३ का सामाजिक विकासमन्त्री युवराज दुलाल पनि हावाहुरीका कारण घाइते भएकाहरुको उपचार गर्नका लागि ९ जना स्वास्थ्यकर्मीको टोली लिएर बारा पुग्नुभएको छ। हेटौंडाबाट गएका स्वास्थ्यकर्मीले उपचार सेवा दिइरहेका छन् । हावाहुरीमा परि घाइते भएकालाई भेटेर मन्त्री दुलालले स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारका लागि सहयोग गरिने मन्त्री दुलालले बताउनुभयो ।
हुरीका कारण भत्किएका घर, गोठ, विद्यालय, सार्वजनिक संरचनाको स्थलगत अवलोकनपछि मन्त्री दुलाल कलैया अस्पताल पग्नुभएको थियो । त्यस बस्तीमा हावाहुरीमा परि १५ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।