हिमालय एअरलायन्सले हप्ताको तीन पटक काठमाण्डौ-आबुधाबी उडान भर्ने

 चैत १८, २०७५ सोमबार १६:५८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्दै आएको नेपालको निजी क्षेत्रको हिमालय एअरलायन्सले यूएईको सम्पन्न र व्यस्त शहर आबुधाबीमा पनि उडान भर्ने भएको छ । एअरलायन्सले काठमाण्डौबाट अबुधाबीमा हप्ताको तीन दिन उडान भर्नेछ । 

हिमालय एअरलायन्सको एचनाइन ५६७ विमानले काठमाण्डौबाट अबुधाबीको लागि उद्घाटन उडान गरेको छ । काठमाण्डौको त्रिभुवन विमानस्थलबाट १४८ यात्रुसहित रातिको ९ः३० मा अबुधाबी उडेको विमानले अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार ००ः५३ मा अवतरण गरेको थियो । 

फिर्ती उडान गर्ने क्रममा अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट १५० यात्रुसहित एचनाइन ५६८ विमानले अप्रिल १, २०१९ मा स्थानीय समय ०२ः३१ मा उडान भरेर काठमाण्डौको त्रिभुवन विमानस्थलमा स्थानीय समयअनुसार ०८ः४१ बजे अतवरण गरेको छ । युएईका लागि स्थानीय बजार व्यवस्थापनका लागि एअरलायन्सले फिशटेल ट्राभल एण्ड टुरिजमलाई नियुक्त गरेको छ । 

प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको विमानले हप्ताको प्रत्येक मंगलबार, बिहीबार र आइतबार आफ्नो नयाँ उडान भर्नेछ । एअरलायन्सले बिदा, व्यावसायिक यात्रा तथा छोटो बसाइलाई मध्यनजर गर्दै उडानको तालिका तयार गरेको हो ।
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया