बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

 चैत १८, २०७५ सोमबार १७:६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङमा बाबुको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरिएको छ । फुङलिङ नगरपालिका ९ हाङदेवका ३२ वर्षीय माहिला छोरा राजेन्द्र गुरुङले गत शनिबार बाबु दलबहादुर गुरुङलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए । 

भान्साघरमा पसेर बाबु दलबहादुरलाई गजेन्द्रले धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक सञ्जय सिंह थापाले बताउनुभयो । घाइते भएका दलबहादुरलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा उनलाई अस्पतालले विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो । उनलाई धरान लैजाँदै गर्दा इलामको फिक्कलमा पुगेपछि मृत्यु भएको थियो । 

बाबु दलबहादुरको मृत्यु पश्चात् उनका आफन्तको निवेदनको आधारमा प्रहरीले छोरा राजेन्द्रलाई लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । सोमबार नै जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको उपरीक्षक थापाले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया