घाइतेहरुकाे उपचारका लागि  रगतकाे मात्रा पर्याप्त छ : रेडक्रस साेसाइटी

 चैत १८, २०७५ सोमबार १७:४७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल रेडक्रस सोसाइटीले आँधी र हावाहुरीबाट घाइते हरुकाे उपचारका लागि  बारा र पर्सामा पर्याप्त मात्रामा रगतको व्यवस्था गरिएको जनाएको छ । ४ सय युनिट रगत र रक्ततत्व व्यवस्था गरिएको रक्तसञ्चार केन्द्र वीरगञ्जले बतायो । 

पर्साका रक्तसञ्चार इन्चार्ज सौरभ पाण्डेले भन्नुभयो, 'तत्कालका लागि मौजुदा रगतको भण्डारण पर्याप्त छ । तर, मागको प्रकृति र संख्या यकिन नभएकोले रक्तदाताहरु तयार रहन आवश्यक छ ।' आइतबारदेखि पर्सामा ४ पिन्ट रगत सप्लाई गरिसकिएको छ ।

वीरगञ्ज नगरपालिकाले निःशुल्क रगत प्रदान गर्ने काममा  सहयोग गरिरहेको छ । हुरी बतासबाट प्रभावितका लागि माग भई आएमा निःशुल्क रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्र काठमाण्डौले पनि आवश्यक व्यवस्था मिलाउने भएको छ । 

रेडक्रसले आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पनि सक्रिय बनाएको छ । सोमबार बिहान नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाको संयोजकत्वमा बसेको आकस्मिक वैठकले आपतकालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाउने निर्णय गरको हो । 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया