ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश २ कोे एसईईको परीक्षा यही चैत २२ गते शुक्रबारदेखि सञ्चालन गर्ने भएको छ ।
परीक्षा बोर्डको आज बसेको बैठकले आगामी २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो ।
लगातार प्रश्न पत्र बाहिरिन थालेपछि गएको शुक्रबार सरकारले रद्ध गरेको परीक्षा पुनः सञ्चालन गर्ने भएको हो । जसअन्तर्गत प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा २२ गते र सामाजिक विषयको परीक्षा २३ गते सञ्चालन हुने भएको उहाँले जानकारी दिनुभयो ।
अन्य विषयहरुमध्ये २४ गते जनसंख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, २५ गते वेद विषय र २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुने सञ्चालन हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।