प्रियंका कार्कीले गरिन् निर्देशनमा डेब्यू

 चैत १८, २०७५ सोमबार २०:३१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अभिनेत्री प्रियंका कार्कीले निर्देशनमा डेब्यू गरेकी छिन् । बाल गायिका आयुष्का खनियाँको शिरैमा शिरफूल बोलको गीतको म्युजिक भिडियोबाट अभिनेत्री कार्कीले निर्देशनमा डेब्यू गरेकी हुन् । गीतको भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको छ ।  

अभिनेत्री कार्कीले अब निर्देशनको पाटोलाई पनि सँगै अघि बढाउने बताएकी छिन् । पहिलो निर्देशनको बारेमा बोल्दै उनले भनिन्, ‘अभिनय र निर्देशन दुवै काममा ध्यान दिनु पर्दा केही गाह्रो भएपनि टिमका सबै जनाले सहयोग गर्दा केही सहज भयो ।’ 

यस म्युजिक भिडियोबाट काममा आफ्नो हौसला अझ बढेको उनको भनाइ छ । अभिनेता जोशीले आफ्नो मान्छेको निर्देशनमा काम गर्दा सहज भएको बताए । ‘आफ्नो मान्छेको गाली नै खाए पनि आफ्नै लाग्ने,’, उनले  भने ।  

लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । बाल गायिका आयुष्का खनियाँको स्वर रहेको गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् । गीतको सम्पादन भने किसोर थापाले गरेका हुन् ।  

काठमाण्डौको भिलेज रिसोर्टमा छायाँकन गरिएको भिडियोलाई सुदिप बरालले खिचेका हुन् । शुभ मिडियाको निर्माण व्यवस्थापनमा छायांकन भएको म्युजिक भिडियोको सम्पादक अर्जुन जिसी रहेका छन् ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया