घाइते र कुरुवाका लागि नारायणी अस्पतालमा निःशुल्क खाना

 चैत १८, २०७५ सोमबार १८:१६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – हावाहुरीका कारण घाइते भएकाहरुको अहिले बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

हावाहुरीले घरबार सबै उडाएको छ । यस्तो अवस्थामा घाइते तथा घाइतेका परिवारका सदस्यलाई खाना व्यवस्थापन गरिएको छ । नारायणी अस्पतालमा उपचाररत घाइतेहरुको लागि स्थानीय सद्भाव समिति, सानो पाइला, र वीरगञ्ज युवा समाज, लायन्स क्लबलगायत अरु विभिन्न संस्था र व्यक्तिगत सहयोगमा अस्पताल परिसरमै खाना पकाउने र ख्वाउने क्रम चलिरहेको वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाइँले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

अहिलेसम्म बिरामी र कुरुवा गरी ५ सयभन्दा बढीलाई खाना खुवाइएको उहाँले बताउनुभयो । 

उहाँले विपदको घडीमा स्थानीय राजनीतिक दल, संघसंस्था एकजुट भएर सहयोगमा जुटेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया