ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – बारा र पर्सामा आइतबार आएको हावाहुरी अहिलेसम्मकै शक्तिशाली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबारको हावाहुरी ९० किलोमिटर प्रति घण्टा भन्दा बढिको गतिमा रहेको महाशाखाले जनाएको छ । महाशाखाले सोमबार प्रेस विज्ञप्ति निकालेर यसबारे जानकारी गराएको हो ।
नेपालजस्तो जटिल भू–बनोट भएको देशमा यस्ता मौसम प्रणालीले ल्याउने विपद्को क्षेत्र र ठाउँ तोकेर पूर्वानुमान गर्न अति नै चुनौतीपूर्ण रहेका विज्ञप्तिमा भनिएको छ । कम जनशक्ति र अत्याधुनिक प्रविधि नहुँदा पनि पूर्वानुमानमा यस्ता मौसमी गतिविधिलाई समेटने प्रयास प्रभावकारी हुन सकेको छैन ।
मनसुन सक्रिय नहुँदा सम्मका मनसुन पूर्वका चैत, वैशाख र जेठ महिनामा दिउँसोपछि स्थानीय मौसम प्रणाली विकसित भई बेलुकी र रातको समयमा चट्याङ, असिना पानीसहितको हावाहुरिले चल्ने हुँला सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।