ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ - हावाहुरी प्रभावितहरुको राहतका लागि गृह मन्त्रालयले आवश्यक सामाग्री पठाएको जनाएको छ । मन्त्रालयले प्रभावित परिवारलाई वितरण गर्न त्रिपाल, लत्ताकपडा, स्वास्थ्य उपचारका सामग्री लोड गरिएको तीन वटा ट्रक पठाएको जनाएको छ ।
४ सय ६८ थान त्रिपाल र टेण्ट, ४ हजार १ सय ३८ थान सर्ट पाइन्ट, २ रोल कपडा हावाहुरी प्रभावितलाई वितरण गर्न पठाइएको मन्त्रालयले विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।
आइतबार साँझ आएको हावाहुरीका कारण २७ जनाको मृत्यु हुनुका साथै ४ सयभन्दा बढी घाइते भएका थिए ।
घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ ल्याएर उपचार भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय स्तरबाट पनि मेडिकल टोली खटिएको र उपचार कार्य तदारुकताका साथ भइरहेको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।