साञ्जेन र रसुवागढी पनि अब जनताको जलविद्युत आयोजना

 चैत १८, २०७५ सोमबार १९:४८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साञ्जेन र रसुवागढी जलविद्युत आयोजना पनि जनताको जलविद्युत आयोजनामा सूचीकृत भएका छन् ।

उर्जामन्त्री वर्षमान पुनको अध्यक्षतामा सोमबार बसेकोे जनताको जलविद्युत संयोजन समितिकोे वैठकले रसुवागढी र साञ्जेनलाई जनताको जलविद्युत आयोजनामा समावेश गर्ने निधो गरेको हो । बैठकले दुवै आयोजनाको  एक करोड ५४ लाख कित्ता शेयर जारी गर्ने निर्णय समेत गरेको छ ।

यसअघि त्रिशुली थ्री बी आयोजनाको शेयर आवेदन खुला गरेर शेयर बाँडफाड पनि गरिसकिएको छ ।  जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले २० कित्ता शेयर पाउनुभएको थियो ।

१ खर्ब २ अर्ब २८ करोड रुपैयाँ सर्बसाधारणले शेयर लगानी गर्न मिल्ने गरी १९ वटा जलविद्युत आयोजनालाई जनताको जलविद्युत आयोजनामा समावेश गरिएको छ ।

यी आयोजनामा ५१ प्रतिशत सरकारको लगानी, ३९ प्रतिशत देशभरका नागरिक र १० प्रतिशत आयाजनास्थलका नागरिकको लगानी रहने उर्जा मन्त्रालयले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया