हावाहुरी प्रभावितलाई नयाँ शक्तिका संयोजक भट्टराईले आधा महिनाको तलब सहयोग गर्ने

 चैत १९, २०७५ मंगलबार ११:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बारा र पर्साका हावाहुरी पीडितलाई आधा महिनाको तलब सहयोग गर्ने बताएका छन्  ।

बारा र पर्सामा भीषण हावाहुरीले पुर्‍याएको क्षतिमा पुनर्स्थापनाका निम्ति उहाँले आफ्नो आधा महिनाको तलब सहयोग गर्न लाग्नुभएको हो ।

भट्टराईले बारा र पर्सामा विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनामा तन, मन र धनले लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान पनि गर्नु भएको छ । 

संयोजक डा. भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला र प्रदेशका पार्टी युनिटहरुलाई उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न पनि निर्देशन दिनुभएको छ । 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया