ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – नेपाली कांग्रेसले बारा र पर्साका हावाहुरी प्रभावितलाई थप २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । हावाहुरी प्रभावितलाई भेट्न बारा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले राहत स्वरुप २५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
यसअघि, उपसभापति विमलेन्द्र निधिले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । सभापति देउवाले हावाहुरीले ज्यान गुमाएकाका परिवारलाई राहत तथा हावाहुरी प्रभावितको उपचार र पुनस्र्थापनाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग पनि गर्नुभयो ।
सभापति देउवाले बिहान नारायणी अञ्चल अस्पतालमा घाइते भएकालाई भेट्नुभएको थियो । उहाँले बाराको भलुही भरवलियामा हावाहुरीबाट प्रभावितलाई ब्याल्ङकेट, बाल्टिनलगायतका सामग्री वितरण गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।