ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै – संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलिया र समावेशी आयोगकी सदस्य ओझाविरुद्ध उजुरी आह्वान गरेको हो । संवैधानिक परिषदको गएकाे चैत्र ११ गते बसेको बैठकले थपलियालाई प्रमुख निर्वाचन आयुक्त र ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
परिषदको त्यस सिफारिसमाथि सुनुवाइ प्रक्रिया सुरु गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले भने प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा परिषदले यस्ताे निर्णय लिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
समितिका सदस्य एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले परिषदले प्रतिपक्षलाई निषेध गरेर यस्ताे निर्णय लिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले प्रतिपक्षलाई ‘बाइपास’ गरेर प्रधानमन्त्री अध्यक्ष रहेको परिषदले एकलौटी निर्णय लिएको दावी गर्दै आपत्ति पनि जनाउनु भयो ।
यता, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पार्वत गुरुङले परिषदको बैठक छल्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दलका नेता देउवाप्रति आक्रोश व्यक्त गर्नु भएको थियो । उहाँले परिषद बैठकको पत्रलाई समेत प्रतिपक्ष दलका नेता देउवाले लत्याएको आरोप पनि लगाउनु भयो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नु हुने समितिका सदस्यहरुले प्रमुख प्रतिपक्ष दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त सिफारिस गर्ने याे निर्णय संविधान विपरित भएको तर्क गर्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।