प्रधानमन्त्री ओलीको प्रश्न : फर्सी जत्रो सुन्तला फलाएपछि त्यसमा सुन्तलाको स्वाद कहाँबाट आउँछ ?

 चैत १९, २०७५ मंगलबार १७:५१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुले ठूलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।

६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सहकारीले ठूला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनु पर्नेमा जोड दिनुभएको छ । 

‘हाम्रो अहिलेको समस्या भनेको खेतीको खण्डिकरण हो । यसलाई रोक्नु पर्दछ र चक्ला खेती सुरु गर्नु पर्दछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भूगोल अनुसार जे बाली उत्पादन हुन्छ । त्यो ठूलो मात्रामा उत्पादन गर्नुपर्दछ । जसले गर्दा बजारीकरणमा समस्या हुँदैन ।’

किसानहरुले कहिले सब्जी सडकमा फालेको, कहिले दूध पोख्नु परेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले सानो मात्राको उत्पादनले यस्तो समस्या आएको बताउनुभयो । ‘एक डोको गोबी किन्न कोही आउँदैनन् ,एक ड्रम दूध किन्न पनि ग्राहक भेटिँदैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गाउँभरि एकै प्रकारकोे सब्जी उब्जाउने हो र धेरै टन दूध उत्पादन गर्ने हो भने ग्राहक खेतखेतै र गोठगोठै  पुग्छन् । किसानले उचित मूल्य पनि पाउँछन् ।’

प्रधानमन्त्री ओलीले विषादीका कारण नेपालीको स्वास्थ्य बिग्रँदै गएको बताउनुभएको छ । ‘खाने प्लेट सफा, चमेज सफा, भाडा सफा तर चामल, सब्जीचाहिँ विषादी मिसिएको छ भने त्यसले स्वास्थ्यलाई फाइदा पुग्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

फलफूलका बोट विरुवामा नयाँ–नयाँ प्रयोग गर्ने नाममा त्यसको मौलिक गुण स्वाद र आकार नै विलय हुन थालेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘फर्सी जत्रो सुन्तला बनाएपछि त्यसमा सुन्तलाको स्वाद कहाँबाट आउँछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘लौकामा त्यस्तै । कल्चर गर्ने नाममा खानेकुरालाई नै पागल बनाइएको छ । यिनीहरुको मौलिक गुणलाई कायम राखे मात्र त्यसबाट प्राप्त हुने पोषक तत्वहरु पाउन सकिन्छ ।’


 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया