कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
ला लिगाको लिडर बार्सिलोनाले भिल्लारियलसँग चार–चार गोलको बराबरी खेलेको छ । गोलको वर्षा भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा झरेको भिल्लारियलविरुद्ध दुई गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्न सफल भयो ।
निकै रोमाञ्चक बनेको खेलको १२ औं मिनेटमा फिलिप कोउन्टिन्होको गोलमार्फत बार्सिलोनाले अग्रता बनाएको थियो । त्यसपछि १६ औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनालाई दुई शून्यले अगाडि राखे ।
तर त्यसपछि भिल्लारियलले उत्कृष्ट कमब्याक गर्दै चार गोल गर्न सफल भयो । २३ औं मिनेटमा चुकविजीले गोल गरे भने ५० औं मिनेटमा टोको इकाम्बीले गोल गर्दै खेल दुई दुईको बराबरीमा पुर्याए । ६२ औं मिनेटमा लीबोरा र ८० औं मिनेटमा बाक्काले गोल गरेपछि बार्सिलोना चार दुईले पछि पर्यो ।
तर ८६ औं मिनेटमा भिल्लारियलका गोञ्जालेज दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि १० खेलाडीमा झर्न पुग्यो । जसको फाइदा लिँदै बार्सिलोनाले तीन मिनेटमा दुई गोल फर्काउन सफल भयो ।
९० औं मिनेटमा मेस्सीले गोल गरे भने इन्जुरी समयको तेस्रो मिनेट लुइस स्वारेजले गोल गर्दै टिमलाई हारबाट बचाए । बराबरीले बार्सिलोनाले ३० खेलबाट ७० अंक बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।