कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीले नेतृत्व गरेको, दक्षिण अफ्रिकी एबीडी भिल्लियर्स, इंग्ल्याण्डका मोइन अली, अष्ट्रेलियाका मार्कस स्टोनिस सम्मिलित रोयल च्यालेन्जर्स बेंग्लोरले इण्डियन प्रिमियर लिगमा लगातार चौथो पराजय ब्यहोरेको छ ।
संसारभरका सुपरस्टार खेलाडीको जमघट भएर पनि बेंग्लोरले अपेक्षित लय भेट्टाउन संघर्षरत देखिन्छ । राष्ट्रिय टोलीबाट प्रभावशाली प्रदर्शन गरिरहेका विराट कोहलीको खस्केको लयले विश्वकपको तयारी गरिरहेको भारतलाई पनि चिन्तामा धकेलिदिएको छ ।
मंगलबार राति बेंग्लोरले राजस्थान रोयल्ससँग ७ विकेटको पराजय ब्यहोर्यो । बेंग्लोरले दिएको १५९ रनको लक्ष्य घरेलु टोली राजस्थानले इनिङको १ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो ।
राजस्थानका लागि ओपनर कप्तान अजिंक्या राहणे र जस बटलरले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरे । २२ रनको ब्यक्तिगत स्कोरमा राहणे आउट भएपछि आएका स्टिभ स्मिथसँग मिलेर बटलरले ४४ रनको साझेदारी गरे ।
बटलर ४३ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५९ रन हानेर आउट भए । १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि स्मिथले ३१ बलमा २ चौका र १ छक्काको साथ ३८ रन बनाए
राहुल त्रिपाठीले २३ बलमा ३ चौका र १ छक्कासहित अविजित ३४ रन बनाए । त्रिपाठीले नै छक्का प्रहार गरी खेल जिताएका थिए । वेन स्टोक्स १ रनमा अविजित रहे ।
बैंग्लोरका युज्भेन्द्र चहलले २ तथा मोहम्मद सिराजले १ विकेट लिए ।
यसअघि सवाई मानसिंह रंगशाला जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ४ विकेट गुमाएर १५८ रनको योगफल तयार पारेको थियो ।
ओपनिङमा आएका कप्तान विराट कोहलीले २५ बलमा २३ रनमात्र बनाउन सके । तर अर्का ओपनर पार्थिव पटेलले ४१ बलमा ६७ रनको जिम्मेबार पारी खेले । उनले ९ चौका र १ छक्का प्रहार गरे ।
भिल्लियर्सले १३ रनमात्र बनाउँदा सिमरन हेटमायर १ रनमै आउट भए । मार्कस स्टोनिसले २८ बलमा ३१ र मोहम्मद अलीले ९ बलमा १८ अविजित रन बनाए ।
बलिङतर्फ लेग स्पिनर श्रीयास गोपालले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र १२ रन खर्चिएका हुन् । कोहली र भिल्लियर्सको विकेट यिनै गोपालले लिएका थिए ।
आईपीएलमा राजस्थानको यो पहिलो जित हो भने बेंग्लोर अझै जितविहीन छ । बेंग्लोरले यसअघि चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्ससँग पराजय ब्यहोरेको थियो ।
राजस्थान भने यसअघि किंग्स ११ पञ्जाव, हैदराबाद र चेन्नईसँग पराजित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।