राहत वितरणमा एकद्वार प्रणाली नहुँदा समस्या

 चैत २०, २०७५ बुधबार ८:४२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – बारा र पर्साका हुरी प्रभावितलाई राहत वितरणमा एकद्वार प्रणाली नहुँदा समस्या भएको छ । प्रभावित क्षेत्रमा राहत लिएर पुग्नेको संख्या धेरै भए पनि मनलाग्दी ढंगले वितरण हुँदा पीडितले राहत नपाएको गुनासो गरेका छन् ।

विभिन्न संघसंस्था र व्यक्तिले दिनहुँ ठूलो परिमाणमा राहत सामग्री वितरण गरे पनि आफूहरुले पाउन नसकेको बाराको फेटा गाउँपालिका–६ पुरैनियाका पीडितले गुनासो गरेका छन्। 

स्थानीय मोस्तकिम अंसारीले आफ्नो परिवारले राहतको नाममा अलिअलि चिउरा र बिस्कुट मात्रै पाएको गुनासो गर्दै बोल्न सक्ने र बलियाले धेरै राहत सामग्री लिने गरेको आरोप लगाउनुभयो । घरविहीन बनेका भन्दा पनि अलिअलि क्षति पुगेकाहरुले नै त्रिपाललगायतका राहत सामग्रीहरु धेरै लिने गरेको र आफूहरुले खानेकुरा पनि पेटभरि नपाएको स्थानीय कलमा खातुनले गुनासो गर्नुभयो ।

फेटा ६ का वडाध्यक्ष जाकिर अन्सारीले व्यक्तिहरुले मनपरी ढंगले राहत वितरण गर्दै फोटो खिचाउने गर्ने गरेका कारण राहत वितरण व्यस्थित हुन नसकेको बताउनुभयो । उहाँले एकद्वार प्रणालीले राहत वितरणको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरे पनि सुनुवाई नभएको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राहत वितरण अव्यवस्थित भएको स्वीकार गर्दै राहत वितरण गर्नेहरुलाई जिल्ला विपद व्यवस्थापन समितिमार्फत राहत वितरण गर्न आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया