इण्डियन प्रिमियर लिग : चेन्नई र मुम्बई खेल्दै

 चैत २०, २०७५ बुधबार १०:१७:० | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा बुधबार पनि एउटा मात्रै खेल हुँदैछ । नेपाली समय अनुसार राति सवा ८ बजे चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स वान डे स्टेडियममा खेल्दैछन् । यी दुवैको चौथो खेल हो ।

चेन्नई जारी आईपीएलमा अपराजित टिम हो भने मुम्बईले एक खेलमा मात्रै जित हात पारेको छ । गएको संस्करणको उपाधि विजेता चेन्नाई बुधबारको खेल पनि जित्दै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुने छ । मुम्बई पछिल्लो खेलमा पञ्जाबसँग राजित भएको थियो ।

चेन्नईको फर्म उत्कृष्ट रहेको छ ।  पछिल्लो खेलमा खराब शुरुआत गरे पनि कप्तान महेन्द्रसिंह धोनीले टिमको संकट मोचन गरेका थिए । उनकै ब्याटबाट बनेको रनकै कारण चेन्नाई विजयी हुन सफल भएको थियो ।

चेन्नाईमा धोनीका साथै अल राउण्डर शेन वाट्सन, सुरेश रैना, केदार जाधव र अम्बाती रायडू जस्ता ब्याट्सम्यान छन् ।

यसैगरी डुवान ब्रावो, रविन्द्र जड्जा जस्ता बलर छन् भने वाट्सनले पनि बलिङमा जतिबेला पनि उत्कृष्ट प्रदर्शन गर्ने दक्षता राख्छन् । यसैगरी हरभजन सिंहलाई बुधबार खेलाउने सम्भावना पनि रहेको छ । 

उता मुम्बईको टिममा अझै तालमेल देखिएको छैन । क्वीन्टन डी ककको ब्याटबाट रन बने पनि रोहित शर्मा र किरन पोलार्डले रन बनाउन सकेका छैनन् । 

युवराज सिंहले ब्याट् केही हदसम्म खोले पनि धेरैबेर विकेटमा भने टिक्न सकेका छैनन् । बुधबारको खेलमा लासिथ मालिंगालाई बाहिर राखेर बेन कटिंगलाई खेलाउन सम्भावना रहेको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया