हावाहुरीले दुई हजार बढी परिवार प्रभावित : रेडक्रसले सहयोग तीव्र बनाउँदै

 चैत २०, २०७५ बुधबार १२:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – बारा र पर्सा जिल्लामा हावाहुरीले २ हजार ११ घरमा क्षति पुगेको प्रारम्भिक सर्वेक्षणले देखाएको छ । 

पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी यो तथ्यांक संकलन गरिएको हो । बारामा १ हजार ५ सय दुई र पर्सामा  ५ सय ९ परिवार प्रभावित भएका हुन् । मोबाइल एप्लिकेशनबाट यसरी तथ्यांक लिन स्थानीय वडाध्यक्ष, रेडक्रस र सुरक्षाकर्मीको टोलीले समन्वयमा काम गरिरहेको छ ।

रेडक्रसले २०६ परिवारलाई राहत प्याकेजको पूर्ण सेट वितरण गरेको छ । यो सेटमा त्रिपाल एक, कम्बल २, सारी १, पुरुषको धोती १, कपडाहरु १६  मिटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी, १० मिटर डोरी रहेका छन् ।

यसका अतिरिक्त ४९९ परिवारलाई तारपोलिन तथा डोरी वितरण गरिएको छ । यसमध्ये पर्साका विभिन्न प्रभावित क्षेत्रमा बुधबार २४६ थान तारपोलीन र डोरी वितरण गरिएको छ ।

त्यस्तै, ७५ जनालाई प्राथमिक उपचार तथा उपचारको लागि ओसारपसारमा सहयोग गरिएको छ । विभिन्न संघ संस्थाको सहयोगमा पर्सामा ५० परिवारका लागि २०० किलोग्राम चामल, १०० किलोग्राम दाल र ५० किलोग्राम आलु वितरण गरिएको छ । 

त्यस्तै, बारामा थप २५३ परिवारलाई तारपोलिन तथा डोरी र एक सय थान म्याट वितरण गरिएको छ । विपद् व्यवस्थापन विभागका निर्देशक मोना अर्याल र उपनिर्देशक रुद्रनारायण अधिकारी सर्वेक्षण तथा सहयोग गतिविधिको समन्वयका लागि प्रभावित क्षेत्रतर्फ जानुभएको छ ।

निर्देशक अर्यालले भन्नुभयो ‘तयारी खाना र छाना नै अहिलेको आवश्यकता देखियो । देशभरबाट सहयोग गर्न इच्छुक संघसंस्थाहरुले जिल्ला विपद् व्यवस्थापन समितिमा सम्पर्क गरे प्रभावित परिवारसम्म पुग्न र वितरण गर्न सजिलो व्यवस्था मिलाएको  र रेडक्रसले पनि त्यसमा सहयोग गरिरहेको छ ।’  

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया